समानुपातिकको अन्तिम मतमरिणाम आज आउँदै


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७९ मा प्रकाशित




मंसीर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज (मंगलबार) सकिने भएको छ।

मंगलबार बिहान ६ बजेसम्म १ करोड ४ लाख ७८ हजार ७३५९ मतगणना भएको छ। जसमा नेकपा (एमाले) अग्रस्थानमा छ। उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ।

दोस्रो स्थानमा रहेको नेपाली काँग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ। तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६४ हजार १०२ मत पाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ।
जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ।

चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ। प्रत्यक्षतर्फको अन्तिम परिणाम भने आइसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।