युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ‘ड्रोन आक्रमण’: गभर्नर


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७९ मा प्रकाशित




एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रूसी एयरफिल्डमा ड्रोन हमलाको लागि दोष लगाएको एक दिनपछि स्थानीय गभर्नरले मङ्गलबार सो जानकारी दिएका छन् ।

कुर्स्क एयरफिल्डको क्षेत्रमा ड्रोन आक्रमणको परिणामस्वरूप एउटा तेल भण्डारण ट्याङ्कीमा आगो लागेको तर कुनै हताहत नभएको गभर्नर रोमन स्टारोवोइटले समाजिक सञ्जालमा जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।