आज अंग्रेजी डिसेम्बर महिनाको ७ तारिक अर्थात अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस।
विविध कार्यक्रमका साथ आजका दिन नेपाललगायत विश्वभर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ।
शिकागो कन्भेन्सन लागू भएपछि सन् १९ सय ९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले यो दिवस मनाउँदै आएको छ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो। आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य छन्।
आजका दिन संसारभरका नागरिक उड्डयन विभागहरूले एकै स्वरमा नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका लागि आवाजहरू उठाउने गर्दछन्।
दिवसका अवसरमा यो वर्ष ‘Advancing Innovation for Global Aviation Development’ अर्थात ‘विश्वव्यापी उड्डयनको विकास गर्न नवप्रवर्तनमा जोड दिऔं’ मूल नारा तय गरेको छ।
कुनैपनि राज्य र क्षेत्रको विकासमा उड्डयन सुविधाको महत्पूर्ण भूमिका हुन्छ। विकासका पूर्वाधारहरूको स्थापना गर्न, आवत–जावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन संभावनाको विकास गर्न, विपद् व्यवस्थापन गर्न र दुर्गमका बिरामीहरूलाई समयमै उपचारका लागि अस्पतालसम्म समयमै पुर्याउन उड्डयनको मूलभूत भूमिकाहरू हुने गर्दछ। हवाई उड्डयनले संसारलाई एकसुत्रमा बाँधिदिएको छ।
सन् १९५७ मा नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







