मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नवलपुर (पूर्व) मा ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन्।
२ संघीय निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६८ जनाले उम्मेदवारी दिएका थिए।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा हालसम्म ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाइसकेको निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुषालले जानकारी दिएका छन्। निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र उम्मेदवारले खर्चको बिल भरपाइ निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ।
‘नेपाली काँग्रेसका उम्मेदवारहरू डा शशांक कोइराला, विष्णुकुमार कार्की, महेन्द्रध्वज जिसी, नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल, तिलबहादुर महत, रवीन्द्र अधिकारी, रोशनबहादुर गाहामगर, पद्मा जिसी, लक्ष्मणबहादुर पाण्डेले निर्वाचन खर्च विवरण पेश गरिसक्नुभएको छ”, भुषालले भने, ‘नेपाली काँग्रेस (बीपी), नेकपा (एकीकृत समाजवादी), मंगोल नेशनल पार्टी, नेपालका लागि नेपाली, हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमुक्ति लगायतका पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि निर्वाचन खर्च बुझाएका छन्।
जिल्लामा स्थानीय निर्वाचनमा निर्वाचन खर्च बुझाउनेभन्दा नबुझाउने उम्मेदवार धेरै थिए। निर्वाचन कार्यालयले पटक–पटक ताकेता गर्दा पनि बुझाउन नआउँदा जरिवाना तिर्नुपरेको थियो। अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्म ४५ उम्मेदवारले खर्च विवरण पेश गरिसकेको कार्यालयले जनाएको छ। मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र उम्मेदवारले खर्चको बिल भरपाइ निर्वाचन कार्यालयमा पेश गर्न नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पुस १५ गतेसम्म समयावधि रहेको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







