आइसीसी विश्वकप लिग २: नेपाल नामिबियासँग ८६ रनले पराजित


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित




आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ।

युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित बन्यो।

नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १८९ रनमा अलआउट बन्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले ४४, दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए। ज्ञानेन्द्र मल्ल ३० तथा अर्जुन साउद २९ रनमा आउट भए। नामिबियाका लागि टांगेनी लुंगामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २/२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २७५ बनायो। नामिबियाका लागि मिचेल भान लिन्गेनले १११ बलमा १५ चौका र १ छक्काको सहयोगमा ११९ रनको शतकीय इनिङ खेले।

कप्तान ग्रहार्ड इरास्मसले ७६ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले। जान निकोल ४० तथा डेभेन ला कक १८ रनमा आउट भए।

नेपालका लागि ललितनारायण राजवंशीले ४ तथा सोमपाल कामीले २/२ विकेट लिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।