आइसीसी विश्वकप लिग– को सिरिज अन्तर्गत आज (बिहीबार) नेपालले नामिवियामा स्कटल्याण्डसँग खेल्दै छ।
पहिलो खेल वर्षाका कारण रद्द हुँदा एक अंक लिएको नेपालले त्यसपछि लगातार २ खेलमा पराजय भोगेको छ।
आजको खेलमा जित निकाल्दै नामिविया भ्रमण सम्पन्न गर्ने लक्ष्यमा नेपाल रहेको छ। तर, नेपालभन्दा बलियो स्कटल्याण्डसँग जित निकाल्न सहज भने छैन।
नेपाल र स्कटल्याण्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौन २ बजेदेखि सुरुहुने छ।
त्रिकोणात्मक सिरिजमा सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गरेका छन्।
एक दिवसीय मान्यता जोगाउन पनि महत्वपूर्ण रहेको आइसीसी लिग–२ को प्रदर्शन नेपालको खस्कदै गएको छ। जसका कारण नेपालको एक दिवसीय मान्यता पनि धरापमा पर्न थालेको छ। नेपाल र स्कटल्याण्ड यसअघि ३ पटक भिड्दा १ पटक मात्रै नेपालले जित निकालेको छ।
नेपाल अहिले ७ टिममध्ये अंक तालिकामा छैटौं स्थानमा छ। ३६ खेल खेल्नुपर्नेमा नेपालले अहिलेसम्म २३ खेल खेलेको छ।
जसमा नेपालको १८ अंक रहेको छ। उता स्कटल्याण्ड भने ३१ खेलबाट ४४ अंक जोड्दै शीर्ष स्थानमा छ। समान ४४ अंक रहेको ओमान रन रेटका आधारमा दोस्रो स्थानमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






