स्पेनमा २ वटा रेल ठोकिदा १५० जना घाइते


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित




बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एक रेल अर्कोको पछाडि दौडिँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका स्पेनको रेन्फे रेल अपरेटरले जनाएको छ।

दुर्घटनाको समयमा रेल सुस्त गतिमा रहेको जनाइएइको छ। घाइतेमध्ये अधिकांको शरीरमा सामान्य दाग र निलो डाम रहेको जनाइएको छ। घाइेमध्ये ३९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बार्सिलोनाबाट करिब १० किलोमिटर (६ माइल) उत्तरमा रहेको मोन्टकाडा स्टेसनमा गुडिरहेको रेलले एक स्थिर रेललाई ठक्कर दिएको एक क्षेत्रीय अग्नि सेवा प्रवक्ताले पत्रकारहरूलाई बताएका छन्।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।