समानुपातिक सांसद टुंग्याउन एमालेको बोलायो सचिवालय बैठक
नेकपा एमालेले समानुपातिक सांसदको टुंगो लगाउन सचिवालय बैठक बोलाएको छ।
समानुपातिक सांसदको टुंगो लगाउने विषयमा छलफल गर्न एमालेले आज (शुक्रबार) बैठक बोलाएको जनाएको छ।
बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने एमालेले जनाएको छ।
निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ।
एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







