श्री मित्रता बहुउद्धेश्यीय सहकारी संस्था लिको प्रथम साधारण सभा सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित




पोखरा । श्री मित्रता बहुउद्धेश्यीय सहकारी संस्था लिको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका सहकारी संघका अध्यक्ष बलराम गौतमको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थाका सचिव नबिन श्रेष्ठले सचिवालय प्रतिवेदन कोषाध्यक्ष बुद्धिराज भट्टराईले आर्थिक प्रतिवेदन पेस पेश गरेका थिए ।

त्यसैगरि लेखासुपरिवेक्षण समितिको संयोजक रुद्र गिरीले लेखाको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा बाल बचत र कोपिला बचत अन्तर्गत बालबाललिकाहरुको लागि शिक्षामा सहयोग मिलोस भन्ने उदेश्यले १ सय ५० जना बाल बालिकालाई स्टेशनरी सामाग्री बितरण गरीएको थियो ।

त्यसैगरि विभिन्न बिधामा बर्षको बार्षिक उत्कृलाई नगद तथा प्रमान प्रत्रबाट सम्मा गरीको छ । बर्ष उत्कष्ट कर्मचारी किरण पुन ३ हजार नगद र प्रमाण पत्र, बर्ष उत्कृष्ट बाल बचत मार्फत सज्जु त्रिपाठी ६ हजार र प्रमाण पत्र, बर्ष उत्कृष्ट कोपिला बचतमा सनिश श्रेष्ठ ६ हजार र प्रमाण पत्र, बर्ष उत्कृष्ट बचतकर्ता राजेन्द्र प्रसाद प्रोख्रेल, बिष्णु कुमारी श्रेष्ठ, लक्ष्मी प्रसाद श्रेष्ठ , दुर्गा श्याम÷ बिष्णु कुमार श्रेष्ठ , बसन्त कुमार श्रेष्ठ , उत्र श्रेष्ठ प्रमाण पत्र र खादा सहित सम्मान गरिएको छ ।

बर्ष उत्कृष्ट शेयर सदस्य ईन प्रसाद घर्ती, जुन कुमार श्रेष्ठ, श्रावण कुमार जैसवाल प्रमाण प्रत्र खादा सहित सम्मान , बर्ष उत्कृष्ट नारी बचत कमला श्रेष्ठ प्रमाण प्रत्र खादा सहित सम्मान, बर्ष उत्कृष्ट ऋणी सदस्य श्रीराम अधिकारी, भिम कुमारी गुरुङ, ओम बहादुर कामी, जय प्रकाश लामा प्रमाण प्रत्र खादा सहित सम्मान , बर्ष उत्कृष्ट उपसमिति चन्द्रावती श्रेष्ठ प्रमाणपत्र र खादा सहित सम्मान गरीएको थियो । साथै सभाबाट रिक्त पदमा बबिता के सि कार्की र कृष्ण के सि लाई सर्वसम्मत चयन गरीएको छ ।

लाली गुराँस पार्टी प्यालेस क्याटरिङ सर्भिस एण्ड टेण्ट हाउसमा संस्थाका अध्यक्ष श्री जयन्ती मोक्तानको अध्यक्षतामा भएको सभाको सञ्चालन नबिन श्रेष्ठले गरेका थिए भने कार्यक्रम संयोजक सुनिल कुमार ठाकुरले धन्यवाद मन्तव्य सभाका अध्यक्ष जयन्ती मोक्तानले सभा समापन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।