पोखरा । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय गाडी (इभी)को पोखरामा शनिबार ‘एक्सपरेन्शियल ड्राइभ’ टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ ।
पछिल्लो समय नेपालमा विद्युतीय गाडी (इभी) प्रति आर्कषण बढी रहेको सन्र्दभ पारेर आयोजना गरिएको टेस्ट ड्राइभ कार्यक्रममा सहभागी हुनेको संख्या उल्लेखनीय रहेको सिप्रदीले जनाएको छ । सन्तुलित वातावरण, न्यूनतम सञ्चालन खर्च लगायतका कारण नेपालमा विद्युतीय गाडीप्रति आर्कषण बढेको सिप्रदीले दावी गरेको छ ।
पोखराको लेकसाइडस्थित होटेल क्राउन हिमालयजमा विहान ११ बजेदेखि शुरु भएको कार्यक्रममा इभिप्रति रुची राख्नेहरुको उल्लेख्य उपस्थिती रहनुका साथै ग्राहकहरुलाई खरिद गर्न सहजताको लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको पनि सहभागिता थियो ।
पछिल्लो समयमा इभीहरु दक्षिण एसिया सँगसँगै नेपाली भूभाग लागि एकदम सुहाउँदो र नेपाली बजारमा सर्वाधिक रुचाइएको कम्पनीले जनाएको छ । टाटा ब्रान्डका टिगोर र नेक्सन इभीहरु अन्य भन्दा विशेष भएकोले पनि यो सफलता हासिल कम्पनीको दावी छ ।
इभीमा समुन्नत जिप्ट्रोण प्रविधिले सम्पन्न टिगोर इभीले सर्वोत्कृष्ट सुरक्षाको लागि जीएनसीपीद्वारा मान्यता प्राप्त गर्नुका साथै नेक्सन इभीको बाहिरी र भित्री बनावट आकर्षक, बलियो एवं आरामदायी रहनुका साथै ग्राउन्ड क्लिएरेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले शनिबार नै वीरगंजमा पनि सोही कार्यक्रम सम्पन्न गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







