एमाले महासचिव पोखरेल भोलि पोखरा आउँदै


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

पोखरा, मंसिर २६

नेकपा एमालेका महासचिव शंकर पोखरेल भोलि पोखरा आउने भएका छन् । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले जिल्लाका विभिन्न क्षेत्रमा पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा निर्वाचनमा खटिने नेता, कार्यकर्ता तथा मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित सभालाई सम्बोधन गर्न महासचिव पोखरेल पोखरा आउन लागेका हुन् ।

कार्यक्रम पोखरा सभागृहमा पूर्वाह्न ११ बजे शुरु हुने जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।