सराङकोट सहकारी द्धारा न्यानो कपडा बितरण


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७९ मा प्रकाशित




पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ बार्षिक उत्सवको अवसरमा बिधार्थीहरुलाई न्यानो कपडा बितरण गरीएको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा १८ को जनजागृत मा।बि ,पोखरा १७ को पार्दी मा.बि र पोखरा २० को जनचेतना आधारभुत बिधालयका ७८ जना बिधार्थीहरु लाई शैक्षिक सामाग्री पोसाक तथा न्यानो कपडा बितरण गरीएको छ ।

संस्थाको स्थापना देखि नियमित आर्थिक कारोबार ,सराङकोट रेडियो प्रसारण सहित रचनात्मक सामाजिक कार्यक्रम ,स्वास्थ्य सचेतना रत्तदान गदै आएको र संस्थाको हाल कारोबार ७० करोड रहेको छ ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष प्रेम बहादुर जि।सी , पार्दी मा।बि का प्राचार्य बाम देब पौडेल, जनचेतनाका प्राचार्य गुरु प्रसाद बास्तोला , संस्थाका सचिव कुल प्रशाद सुवेदी , कोषाध्यक्ष राममणि पौडेल , सह सचिव माया कुमारी शर्मा , ब्यवस्थापक सुरेन्द्र थापा , कर्जा अधिकृत सरिता पौडेल , कार्यलय सायक ईश्वरी श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यस बर्ष त्रिदिवसीय कार्यक्रम अन्र्तगत स्वास्थ्य सचेतना ,रत्तदान , बिधालय कार्यक्रम र २७ गते बृद्धाहरुलाई सहयोग सहित समापन कार्यक्रम रहेको ब्यवस्थापक थापाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।