११ औं पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रा.लि. रहने भएको छ।
आगामी पुष २७ देखि माघको ९ गतेसम्म युनाइटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंहचौरमा हुने ११ औं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाँबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. ले मुख्य प्रायोजकमा रहेर महोत्सवलाई साथ दिने भएको हो।
महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.का अपरेटिङ अफिसर सन्नी रौनियारबीच मुख्य प्रायोजकको सम्झौतापत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. का अपरेटिङ अफिसर सन्नी रौनियारले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवसँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको वताए।
पोखरा नयाँबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.ले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, गिजर इलेक्ट्रोनिक र किचन सामाग्रीहरु बिक्री गर्दै आइरहेको छ।
पोखरा महोत्सवसँग सहकार्य गरी आफ्नो ब्यापारसँगै महोत्सव आयोजक युनाइटेड क्लवले गर्ने सामाजिक काममा समेत सहकार्य गरेर अगाडि वढ्न आफू तयार रहेको रौनियारको भनाई थियो।
युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले ११ औं संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. सँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको वताए। प्रा.लि. बाट उत्पादित सामाग्रीहरु महोत्सवमार्फत प्रवद्र्धन गर्न आफूहरुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
महोत्सवबाटै सामाजिक काममा आफूहरु लागी परेको वताउदै सामाजिक काममा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.को पनि साथ रहँदा आफूहरु निकै उत्साहित भएको वताए। महोत्सवको आयोजना गरि युनाइटेड क्लवले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ।
जसअनुरुप युनाइटेड क्लवको पहलकदमीमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधीन अवस्थामा रहेको छ। त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिई जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समितिमार्फत निर्माण कार्य अगाडि वढिरहेको छ। हालसम्म चिडियाखाना निर्माणमा युनाइटेड क्लवले ५८ लाख ८५ हजार रुपैयाँ प्रदान गरिसकेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिएका छन्।
११ औं पोखरा महोत्सवदेखी युनाइटेड क्लवले पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई नयाँ पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले काम गर्ने क्लवका अध्यक्ष राजु श्रेष्ठले वताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







