नेपालका सुष्मा थापा र सोनम गैरेले मलेसियामा भएको प्याङकोर आइल्यान्ड अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।
मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन्।
यसैगरी, सोनमले पुरुषको ५८ केजीमुनिको तौल समूहमा पहिलो स्थान हात पारेका हुन्।
प्रतियोगितामा नेपालले ७ स्वर्ण र ४ रजत पदक जितेको छ। सन्तोष भट्टले पुरुषको ८० केजीमाथिको तौल समूहमा स्वर्ण जित्दा नितिश विश्वकर्माले पुरुषकै ७४ केजीमा पहिलो स्थान हात पारेका थिए। यस्तै, मोहमद उमर खान र सुनिता विष्टले पेयर पुम्से तथा सक्षम चौधरीले एकल पुम्सेमा स्वर्ण पदक पक्का गरे।
प्रतियोगितामा जाइनाब खातुनले एकल पुम्से, अब्बास खानले ग्योरोगीको ६८ केजी तौल समूह, सुनिता विष्टले एकल पुम्से र मोहमद उमर खानले पनि एकल पुम्सेमा रजत पदक जिते। सन्तोष भट्टको नेतृत्वमा मलेसिया पुगेको नेपाली टोलीको प्रशिक्षकको भूमिका भने रोशन खानले निर्वाह गरेका थिए। प्रतियोगितामा १० जना खेलाडी सहभागी भएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







