नेपाल प्रहरीका १३ पूर्वआइजीपीहरु अध्यादेशको विरोधमा


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित




नेपाल प्रहरीका १३ पूर्वआइजीपीहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा उत्रिएका छन्।

रेशम चौधरीलगायतलाई आममाफी दिनगरी अध्यादेश ल्याउन लागेकोप्रति आफूहरुको गंभीर ध्यानाकर्षण भएको भन्दै उनीहरुले उक्त निर्णय फिर्ता लिन माग गरेका छन्।

नेपाल प्रहरी पूर्व संगगठन प्रमुख मञ्चको बैठकले यस्तो निर्णय गरेको हो।

‘लोकतान्त्रिक प्रणालीको मर्मप्रतिकूल हुने गरी असान्दर्भिक रुपमा नेपालको फौजदारी कानूनको अनुसार सजाय भुक्तान गरिरहेका अपराधी, अभियुक्त तथा समूहहरुलाई आम माफी प्रदान गर्ने प्रयोजनका लागि अध्यादेश प्रमाणीकरणका लागि मंसीर २६ गते पेश भएको सन्दर्भमा नेपाल प्रहरी पूर्व संगगठन प्रमुख मञ्चको गंभीर ध्यानाकर्षण भएको छ’, बैठकको निर्णयमा भनिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।