विप्लव नेतृत्वको नेकपाले गर्‍यो विवादास्पद अध्यादेशको स्वागत


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित




नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले जारी गरेको मुलुक अपराध संहिता ऐन संशोधन अध्यादेशको स्वागत गरेको छ।

आफ्नो पार्टीसँग भएको ३ बुँदे सहमतिअनुसार सरकारले नेता तथा कार्यकर्ताहरूमाथि लागेका संपूर्ण मुद्दा खारेजी तथा बन्दी नेता कार्यकर्ता रिहाइका लागि अध्यादेश जारी गरेको भन्दै स्वागत गरेको हो।

नेकपाले मंगलवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो पाटीसँगको छलफल एवं सहमतिको मर्मअनुरुप सरकारले आफ्नो जिम्मेवारीस्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो। जसलाई हाम्रो पार्टीले सकारात्मक रुपले लिँदै धन्यवाद दिन चाहन्छ।’

नेकपाले आफ्नो पार्टी सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा पूर्ण रुपमा प्रतिबद्ध रहेको पनि बताएको छ। नेकपाले अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गर्नेमा विश्वास व्यक्त गर्दै अध्यादेशको काँग्रेस र एमालेकै कतिपय नेताहरूले विरोध गरेकामा भने आश्चार्य व्यक्त गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।