जिल्लाका नौ जना वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएर लामो समयसम्म सम्पर्कविहीन


     एभरेस्ट आवाज    
     पौष ४ गते २०७९ मा प्रकाशित




तनहुँ । तनहुँमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर लामो समयसम्म घरपरिवारसँग सम्पर्कमा नआउने गरेका छन् । घरपरिवारसँग धेरै वर्षसम्म सम्पर्कमा नआएका जिल्लाका नौ रहेको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र तनहुँका अध्यक्ष दीपेन्द्र खनालले जानकारी दिए ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर घरपरिवारसँग लामो समयदेखि सम्पर्कविहीन भएका उनले बताए। वैदेशिक रोजगारीमा गएको नौदेखि २० वर्षसम्मका रहेका जनाइएको छ ।

वैदेशिक रोजगारीमा मलेसिया गएदेखि ९२० वर्ष० हालसम्म ऋषिङ गाउँपालिका–७ का ओमप्रकाश परियार परिवारसँग सम्पर्कमा नआएका उनले बताए ।

त्यस्तै दुवई गएको १५ वर्षदेखि व्यास नगरपालिका–४ का सुरेन्द्र खनाल, मलेसिया गएको १५ वर्षदेखि म्याग्दे गाउँपालिका–१ का कृष्णबहादुर सिजाली मगर, मलेसिया गएको ११ वर्षदेखि व्यास नगरपालिका–९ का शङ्कर गैरे, मलेसिया गएको ११ वर्षदेखि म्याग्दे गाउँपालिका–२ का दिलबहादुर गुरुङ, मलेसिया गएको नौ वर्षदेखि म्याग्दे–५ का बमबहादुर गुरुङ, दुबई गएको नौ वर्षदेखि म्याग्दे–२ का सुदर्शन रानाभाट, व्यास –६ का शमशेर विक र भानु नगरपालिका–२ का पदमराज दाहाल हालसम्म घरपरिवारसँग सम्पर्कमा नआएको उनले जानकारी बताए। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।