पोखरा । पोखराको लेकसाइडस्थित चर्चित बर पिपल रिसोर्टले अंग्रेजी नयाँ वर्षको स्वागतार्थ ‘न्यू इयर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । न्यू इयर इभ अर्थात ३१ डिसेम्बरमा लाइभ म्यूजिक विद गाला डिनर कार्यक्रम आयोजना गर्न लागिएको रिसोर्टका प्रबन्ध निर्देशक जितु गुरुङ्गले जानकारी दिइन् ।
साँझदेखि शुरु हुने कार्यक्रममा डिजे मेख गुरुङ्ग, भ्वाइस अफ नेपालमा सहभागिता जनाएर चर्चा बटुल्नुभएकी गायिका रजनी राई र पोखरेलीमाझ चिरपरिचित गायक रामभक्त जोजिजुको सांगेतिक प्रस्तुती रहने गुरुङ्गले बताइन् ।
‘आफ्नों जोडी अथवा परिवारसंगै साँगेतीक माहौलमा नयाँ वर्षको स्वागतका लागि यो कार्यक्रम आयोजना गरेका हौं’–गुरुङ्गले भनिन् । उक्त कार्यक्रमका लागि रिसोर्टले खानाका विशेष परिकारहरुको छुट्टै मेनु तयार पारेको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित…






