पूर्व प्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कारबाट एभरेस्टकर्मि दीपेन्द्र श्रेष्ठ सम्मानित


     एभरेस्ट आवाज    
     पौष १२ गते २०७९ मा प्रकाशित




पोखरा, पुस १२

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएफ र एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठ पूर्व प्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले सञ्चालन गर्ने सो पुरस्कारबाट श्रेष्ठ मंगलबार काठमाडौंमा सम्मानित भएका हुन् । कार्यक्रममा श्रेष्ठलाई नगद सहित दोषल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मानित श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष हुन् ।

यसअघि दण्ड गुरुङ संयोजकत्व तथा अग्रज पत्रकार शान्ति गुरुड.र बद्रिकाजी गुरुड.सदस्य रहेको पुरस्कार छनौट समितिले श्रेष्ठ लगायत ५ पत्रकारलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको थियो ।श्रेष्ठले गैर तमु भएर पनि संचार माध्यमका तर्फबाट तमु समुदायको समृद्धिमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको तमू सञ्चारकर्मी संघले जनाएको छ ।

त्यस्तै पोखराकै अर्का पत्रकार कान्तिपुर टेलिभिजनका भुपाल गुरुड.पूर्बप्रधान सेनापति छत्रमानसिंह गुरूड.तथा श्रीमती कमला गुरुड.पत्रकारिता पुरस्कारबाट,ताप्लेजुड.का पत्रकार देवराज गुरुड.लक्ष्मी गुरुड.पत्रकारिता पुरस्कारबाट,चितवनकी पत्रकार गीता गुरुड.सुश्री भद्रकुमारी घले प्रोत्साहन पत्रकारिता पुरस्कारबाट र लमजुड.का पत्रकार धनध्वज गुरुड. तमु पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

तमु ल्होछारको अवसर पारि आयोजित तथा तमु संचारकर्मी संघका अध्यक्ष रबिन गुरुड.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाती आयोगका सदस्य सूर्यबहादुर गुरुड.र पुरस्कारका दाताहरुले पुरस्कार अर्पण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।