पोखरा, पुस १२
गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गतेदेखि आह्वान भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङको सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेश सभाको अधिवेशन सम्वत् २०७९ साल पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा आरम्भ हुनेगरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’
अधिवेशन अघि नवनिर्वाचित सांसदहरुलाई सपथ खुवाउने तयारी छ । प्रदेश प्रमुख गुरुङले पुस १३ गते बुधबार गण्डकी प्रदेश सभा सदस्य मध्ये ज्येष्ठ सदस्य पर्वत १ को (१)बाट निर्वाचित मित्रलाल बस्याललाई सपथ खुवाउने तयारी भएको हो । त्यस्तै, पुस १४ गते प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्य बनेका सबैलाई सपथ खुवाईनेपनि प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र नेकपा एकीकृत समाजवादीको १ सांसद रहेको छ । गण्डकीमा हालै बनेको गठबन्धनको बहुमत रहेको छ । एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सांसद रहेकाले यहाँ सरकार बनाउन सहजै बहुमत पुग्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





