नेपाल बैंकको पुतलिबजार नगरपालिकामा विस्तारित काउन्टर


     एभरेस्ट आवाज    
     पौष १२ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाल बैंक लिमिटेडले स्याङ्जाको पुतलिबजार नगरपालिका परिसरमा विस्तारित काउन्टर सेवा सञ्चालनमा ल्याएको छ ।

मंगलबार एक कार्यक्रमकाविच उक्त सेवा काउन्टरको पुतली बजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले उद्घाटन गरे ।

नेपाल बैंक लिमिटेड मातहतमा रहनेगरि उक्त सेवा केन्द्र सञ्चालनमा ल्याइएको नेपाल बैंक लिमिटेडका प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले जानकारी दिइन् । यो सहित बैंकको देशभर विस्तारित काउन्टरको संख्या ५२ पुगेको छ ।

सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकारी गणेश प्रसाद आचार्य, बैंकका प्रादेशिक कार्यालय उप–प्रमुख ध्रुव पौडेल, स्याङ्जा शाखा प्रवन्धक विष्णु खनाल, लगायत नगरपालिका तथा बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

वि.स १९९४ सालमा स्थापना भएको बैंकले अनवरत रुपमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । नेपालभर २२६ शाखा सञ्जाल रहेको बैंकले २ सय एटीएम मार्फत बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

बैंकको गण्डकी प्रदेशमा मात्रै ३० वटा शाखा २९ वटा एटीएम र ८ वटा विस्तारित काउन्टर रहेका छन् । देशभर २३ लाख बढी सेवाग्राही रहेको बैंकमा ३ हजार ३ सय बढी कर्मचारीहरु रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।