कांग्रेस नेता विष्णु बास्तोलाको निधन


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७९ मा प्रकाशित




पोखरा, पुस १३ गते

नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति विष्णु बास्तोलाको निधन भएको छ । बास्तोलाको आज विहान ४ः१५ बजे निधन भएको नेपाली कांग्रेस पोखरा–९ का सभापति शिवराज बास्तोलाले जानकारी दिए । उनका अनुसार स्वर्गिय बास्तोलाको आजै पूर्वाह्न ९ बजे तुलसीघाटमा अन्त्येष्टी गरिनेछ ।

बास्तोला विगत ९ वर्षदेखि विभिन्न रोगबाट ग्रसित थिए । केहि समय अघिदेखि दुबै मिर्गौला खराब भएर डायलोसिस गराउँदै आएका बास्तोलाको आज विहान स्वास्थ्य अवस्था बिग्रिएर निवासमै निधन भएको पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए ।

बास्तोला पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष हुन् । उनी पोखरा–९ का पूर्व वडाध्यक्ष तथा नयाबजारस्थित महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिकोपनि पूर्व अध्यक्ष हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।