पोखरा, पुस १४
आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरा पराजित भएको छ । पोखरा रंगशालामा विहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा धरान फुटबल क्लवसँग स्तब्ध भएको हो ।
धरानको जितमा खेल शुरु भएको चौथो मिनेटमै भएको गोल नै निर्णायक बन्यो । खेलको चौथो मिनेटमा पाएको फ्रिकिक अवसर गोलमा परिणत भएपछि धरानले सहारा क्लबमाथि ऐतिहासिक जित दर्ता ग¥यो । १२ वर्षपछि पोखरा रंगशालामा यी दुईको भेट हुँदा पूर्वेली क्लब धरानले सहारामाथि यसअघिका दुई हारको श्रृखंलाको समेत अन्त्य गरेको छ । पोखराको मैदानमा सहारा र धरान बीच तेस्रो पटक उदघाटन भिडन्त थियो । बिहीबार पोखरा रंगशालामा धरानले चौथो मिनेटमा गरेको गोल निर्णायक बन्यो । २०६८ सालमा धरान र सहारा क्लब उदघाटनका प्रतिस्पर्धी बनेका थिए ।
सहाराका भागवत चौधरीले डिबक्स बाहिर फउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रिकिकलाई उनै बुढाथोकीले गोलमा परिणत गरे । खेलको चौथो मिनेट गरेको गोलले उनलाई म्यान अफ दि म्याचको हकदार बनाउँदा सहाराको फुटबलस्तर खस्किएको प्रमाणित भयो । वर्षौदेखि एकेडेमी सञ्चालन गरेपनि एकेडेमीका खेलाडीलाई सहाराले मैदानमा उतार्न सकेन । एकेडेमीका खेलाडीलाई प्रोत्साहन गरेपनि प्रभावकारीता भने रहेन । पहिलो हाफमा धरानको तर्फबाट त्यो नै एकमात्र अवसर सृजना भएको थियो ।
सहाराले पनि घरेलु मैदानमा जुझारु प्रदर्शन गर्नबाट चुक्यो । फिनिसिङमा निकै कमजोर देखियो । कप्तान शुशिल लामाको क्रस बललाई अमिन रावलले गरेको हेडर पोष्टको फ्रेममा पर्न सकेन् । त्यस्तै २४ औं मिनेटमा डिबक्स भित्रबाट विक्रमसिंह ठकुरीले दिएको पासलाई अमिन रावलले सदुपयोग गर्न सकेनन् । दुवैको खेलस्तरले मोफसलको फुटबलस्तर निकै कमजोर रहेको प्रष्ट देखिन्थ्यो । त्यसो त दर्शकको उपस्थिति पनि न्युन रहदाँ नकाउट फुटबलको रौनक नै घटेको आभाष भएको थियो ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको उदघाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरे । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै साँझमा पनि विमान अवतरण हुने भन्दै साँझकै समयमा फुटबल खेलाउने तर्फ आवश्यक सहयोग महानगरपालिकाले गर्ने प्रतिबद्धता जनाए । ‘स्पोर्टस टुरिज्म आजको आश्यकता हो ’ महानगरप्रमुख आचार्यले भने–‘त्यसको लागि महानगरको साथ रहने छ ।’
प्रतियोगिता उदघाटन समारोहमै वर्ष उत्कृृष्ठ फुटबलरबाट नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई सम्मानित गरिएको थियो । उनलाई नगद ५० हजार राशीसहित दोसल्ला ओढाई सम्मान गरियो । सोही अवसरमा सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई पोखरा रामबजारस्थित ज्येष्ठ नागरिक समाजले नगद ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्यो । विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने छ । उत्कृष्ट पाँच विधालाई सुर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ ।
प्रतियोगिता अन्तर्गत दोस्रो दिन पुस १५ गते शुक्रबार नेपाल पुलिस क्लब र चर्च ब्वाईज बीच प्रतिस्पर्धा हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







