आहा ! रारा गोल्डकपमा चर्च व्वाईजको डेब्यू खेलमै जादू, ६ पटको बिजेता पुलिस २–१ ले पराजित


     एभरेस्ट आवाज    
     पौष १५ गते २०७९ मा प्रकाशित




पोखरा, पुस १५

चर्च व्वाईज युनाइटेड क्लवले आहा ! रारा गोल्डकपको डेब्यू खेलमै जित हात पारेको छ । डेब्यू खेलमै जादू चलाएको चर्च व्वाईजले ६ पटकको उपाधि बिजेता नेपाल पुलिस क्लवलाई २–१ ले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।

२२ औं संस्करणको आहा रारा गोल्डकपको सर्बाधिक बिजेता पुलिसले अग्रता जोगाउन नसकेपछि चर्च व्वाईजलाई नतिजा सुम्पियो । पुलिसले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । पुलिसका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । उनले निरकुमार राईको पासलाई फष्र्टबार च्यापेर हान्दा गोलमा परिणत भएको थियो ।

पुलिसको लगातारको आक्रमणका कारण रक्षात्मक बनेको चर्च व्वाईज दोश्रो हाफमा भनेर सुधारियो । एकपछि अर्को आक्रमण बुनेको चर्च व्वाईजले ७७ औं मिनेटमा बराबरी गोल फर्कायो । चर्च ब्वाइजका लागि केहि दिनअघि मात्र मनाङमस्र्याङ्दी छाडेर चर्च व्वाईजमा अनुबन्धित भएका अञ्जन विष्टले बराबरी गोल फर्काएका हुन् ।

दोश्रो गोल भने चर्च व्वाईजले अतिरिक्त समयको पहिलो हाफमा ग¥यो । अतिरिक्त समयको आठौं मिनेटमा पाएको कर्नर किकमार्फत गोल गर्दै चर्च व्वाईजले अग्रता लियो । तेज तामाङले प्रहार गरेको कर्नर किक अञ्जन विष्टको ‘हेडिङ ब्याक फ्लिप’ भई अनन्त तामाङकोमा पुगेपछि उनले सहजै जाली चुमाए । त्यसपछि दुबैतर्फ गोल भएन । उक्त गोल नै निर्णायक भएपछि चर्च व्वाईज ईतिहास रच्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलपछि पराजित नेपाल पुलिस क्लबका सहायक प्रशिक्षक रविन श्रेष्ठले राम्रो खेल्दाखेल्दै पराजित हुनुपरेको बताए । यसमा लाईन्सम्यानकोपनि गल्ती भएको उनको दाबी थियो ।

बिजयी चर्च ब्वाइजका प्रशिक्षक विक्रम लामाले नया टिममा समन्वयको अभाव भएपनि जित निकाल्न सकेको भन्दै खुशी व्यक्त गरे । ‘शुरुमा खेल मिलिरहेको थिएन । तर दोश्रो हाफमा हामीले खेलमा कमब्याक ग¥यौं र जित्यौं पनि ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।