पोखरा, पुस १६
पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको उद्घाटनको अवसरमा पोखरा महानगरमा सार्वजनिक बिदा दिइएको छ । विमानस्थलको उद्घाटनलाई भव्य बनाउन र जनसहभागिता व्यापक बनाउन भन्दै पोखरा महानगरपालिकाले महानगरभित्र सार्वजनिक विदा दिएको हो । विमानस्थलको आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।
महानगरपालिकाले शनिबार एक सार्वजनिक सूचना निकाल्दै विमानस्थल उद्घाटनको दिन आईतबार महानगरमा सार्वजनिक बिदा दिएको जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जारी गरेको विज्ञप्तीमा आईतबार महानगरपालिका कार्यालयसहित महाशाखा, शाखा, वडा कार्यालय तथा महानगरभित्रका विद्यालय एवम् शैक्षिक संघसंस्थासमेत बन्द रहने उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ,‘पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको मिति २०७९ पुस १७ गते अर्थात तदनुसार जनवरी १, २०२३ मा हुने समुद्घाटन समारोहमा व्यापक जनसहभागिता रहोस् भन्ने उद्देश्यका साथ सो दिन महानगरपालिका कार्यालय/महाशाखा/शाखा/वडा कार्यालय तथा अन्तर्गतका विद्यालय एवम् शैक्षिक संघसंस्थासमेत बन्द रहने व्यहोरा जानकारी गराईन्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







