इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल


     एभरेस्ट आवाज    
     पौष १७ गते २०७९ मा प्रकाशित




प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गर्नुभएको छ । प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका छन् ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।