उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधानका लागि हस्तक्षेपकारी कार्ययोजना बनाएर लागू गरिने बताएका छन ।
आज काठमाडौँ र ललितपुरस्थित यातायात व्यवस्था कार्यालयको स्थलगत निरीक्षणपछि कुराकानी गर्दै उनले प्रदेश सरकारसँगको समन्वयमा यातायात क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
यातायात व्यवस्था सुधारका लागि सङ्घीय र प्रदेश सरकारबीच छलफल भइरहेको उनले बताए । अहिलेसम्मका यातायात व्यवस्थाका कमजोरीलाई सच्याउने र समस्या समाधान गरी सेवाग्राहीलाई छिटोभन्दा छिटो गुणस्तरीय सेवा दिइने उनको भनाइ छ ।
नागरिकले सेवा लिँदा दुःख पाइरहेकाले स्थलगत रुपमा अवलोकन गरी प्रत्यक्ष जानकारी लिन आफू कार्यालय आइपुगेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
“जनताले अहिलेसम्म ढिलो सेवा पाएका छन्, अब नयाँ ढङ्बाट काम गरिनेछ”, उनले भने, “समस्याका समाधान गरी नागरिकलाई सजिलो गरी सेवा दिइनेछ ।”
डिजिटल माध्यमबाट सेवा प्रवाह तथा कर्मचारीलाई अभिमुखीकरण र र आवश्यकता अनुसार कर्मचारी थप गरी समस्या हल गरिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । “के कस्ता साधनस्रोत उपलब्ध गराउनुपर्ने हो त्यो पूरा हुनेछ”, उनले भने, “त्यसपछि तुरुन्त हुनुपर्ने काम नहुने, नागरिकले पीडा पाउने र समयमा काम नहुनेलाई समस्या अन्त्य गरिनेछ ।”
प्रविधिको युगमा पनि पैसा बुझाउन कार्यालय धाउनुपर्ने लगायतका कारणले पनि सेवाग्राहीले दुःख पाएको उनको भनाइ छ । उहाँले कर्मचारीको मनोबल उच्च बनाएर जिम्मेवारी बोध गराउँदै काम गराउने बताए । उनले भने, “सुशासन नै पहिलो जोड हो र समयमा परिणाम दिनुपर्छ ।”
उनले यातायात कार्यालयलाई सवारी चालक अनुमतिपत्रको परीक्षाको नतिजा भोलिपल्टै निकाल्न निर्देशन दिएका छन । नतिजा तीन दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था भएको भन्दै उनले चाँडो काम गर्न निर्देशन दिएका हुन।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







