कांग्रेस केन्द्रीय परिचालन समिति बैठकमा विभिन्न प्रतिवेदन पेस


     एभरेस्ट आवाज    
     पौष २० गते २०७९ मा प्रकाशित





नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो उपसमितिको प्रतिवेदन पेस गरेका छन । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि कांग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो ।

केन्द्रीय परिचालन समितिका संयोजक श्रेष्ठको संयोजकत्वमा आज बसेको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो समितिको प्रतिवेदन पेस गरेका हुन । उक्त प्रतिवेदनहरुलाई आगामी बस्ने केन्द्रीय कार्यसमितिमा समितिका प्रस्तुत गरिने पार्टी कार्यलय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्य जीपछिरिङ्ग लामा, आनन्दप्रसाद ढुङ्गाना, मीन विश्वकर्मा, गोविन्द भट्टराई, सरिता प्रसाईं, रमा कोइराला पौडेल, चन्द्रबहादुर केसी, मञ्जु खाँण, हरिशरण नेपाली, जानकी सिंह, कान्तिका सैंजुवाल, पूर्वकेन्द्रीय सदस्य किरण गिरी र अनुगमन तथा सुपरिवेक्षण उपसमितिका सहसंयोजक डा कृष्णप्रसाद पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।