पोखरा, पुस २३
संकटा फुटबल क्लवले दोश्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाईनल भिडन्तमा भुटनिज युथ क्लव अमेरिकालाई ३–२ गोलअन्तरले हराउँदै संकटाले दोश्रो पटक आहा ! रारा पोखरा गोल्डकपको जितेको हो । यसअघि संकटाले २०७७ मा पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको जियो ।
बिजेता संकटाले १२ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको भुटनिज युथ क्लबले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
बाईसौं आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटालाई जिताउन सुरजज्यू ठकुरी, मेसुके ओलामाउ र सुनिल बलले एक÷एक गोलको योगदान गरे । पराजित भुटनिज युथ क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले सान्त्वना गोल गरे ।
संकटाले २–० को अग्रता जोगाउन नसक्दा अतिरिक्त समयसम्म जितका लागि कुर्नु प¥यो । संकटाले खेलको सातौं मिनेटमा सुरजज्यू ठकुरीको गोलमा अग्रता लिएको थियो । खेलको सातौं मिनेटमा ठकुरीले गोल गर्दै संकटालाई जिततर्फ उन्मुख गराएका थिए ।
संकटाले खेलको ३५ औं मिनेटमा दोश्रो गोल ग¥यो । संकटाका मेसुके ओलामाउले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । उनले सुनिल बलको कर्नर प्रहारलाई नियन्त्रणमा लिँदै विपक्षी गोलपोष्टमा जाली चुमाए ।
एकपछि अर्को गोल गर्दै २–० को अग्रता बनाएको संकटाको खुशी लामो समय टिकेन । दोश्रो गोल खाएको २ मिनेट बित्न नपाउँदै भुटनिज युथ क्लबले खेलमा फर्किने संकेत ग¥यो । भुटनिज युथ क्लवका लागि रेने स्यान्टिलनले खेलको ३७ औं मिनेटमा गोल गर्दै जितको आशा बाँकी राखेका थिए । नभन्दै भुटनिज युथले पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा बराबरी गोल फर्कायो । यसपटक भुटनिज टिमका विलिस ग्रिफिट नायक बने । थोमस स्याकरको हेडर गोलरक्षक टिकेन्द्र थापाबाट रिबाउण्ड भई आएको बललाई स्याकरले गोलमा परिणत गरेका हुन् ।
त्यसपछि भने दुबैले गोल गर्न सकेनन् । निर्धारित ९० मिनेटको समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । तर ११७ औं मिनेटमा संकटाका सुनिल बलले गोल गर्दै टिमलाई जित दिलाए ।
आहा ! रारा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी संकटा क्लवका कप्तान सुनिल बल बनेका छन् । उनले एलजीको ईलेक्ट्रिक स्कुटर प्राप्त गरे । त्यस्तै, उत्कृष्ट मिडफिल्डरमा संकटाकै आयुष घलान, उत्कृष्ट गोल रक्षकमा संकटाकै टीकेन्द्र थापा र उत्कृष्ट फरवार्ड संकटाकै स्टेफन बिनोङ र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले जिते । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा संकटाकै सल्यान खड्गी घोषित भएका छन् भने धरान फुटबल क्लवले फ्लेयर प्ले घोषित भयो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







