सोमबार बिहान ११ बजे निर्धारित बैठक २ घण्टापछि सारिएको संसद सचिवालयले जनाएको हो । एक सूचना टाँस गरी संसद बैठक सारिएको हो । सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदै छन् ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मत दिने बारे निर्णय गर्न कांग्रेसले बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । तर, अहिलेसम्म पनि सो बैठक सुरु हुन सकेको छैन ।
कांग्रेसका पदाधिकारीहरुसहित शीर्ष नेता यतिबेला पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीका छलफलमा जुटेका छन् । बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्ने बताइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







