पुस २७ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा शुरु भएको वडा १५ स्तरिय बृहत खेलकुद महोत्सवमा ९ सय बढी खेलाडीहरुले सहभागिता जनाएका छन् । महिला तथा पुरुषतर्फका विभिन्न ८ वटा इभेण्ट सामेल महोत्सवमा यति धेरै खेलाडीहरुले भाग लिएका हुन् । प्रतियोगिताको औपचारिक उद्घाटन बिहीबार पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गर्दै छन् ।
बन विज्ञान अध्यायन संस्थानको मैदानमा बुधबारदेखिनै खेलको अनौपचारिक शुरुवात भएको छ । वडा १५ का वडाध्यक्ष तोरण बानियाँले रेफ्रि भक्त गुरुङलाई बल हस्तान्तरण गर्दै अनौपचारिक रुपमा खेलको शुरुवात गरे । ‘औपचारिक उद्घाटन बिहीबार हुदैछ, सहभागि खेलाडी धेरै भएकाले तीन दिनमा प्रतियोगिता नसकिने भएपछि खेल शुरु ग¥यौं’वडाध्यक्ष बानियाँले भने ।
प्रतियोगिता संयोजक समेत रहनुभएका वडा सदस्य आशिष भण्डारीका अनुसार अन्तर क्लव फुटबलमा १७, विद्यालय स्तरियमा ५, महिला भलिबलमा ११, पुरुष भलिबलमा ९, रस्साकसीमा १८ टिमले भाग लिएका छन् । त्यस्तै ४० वर्ष माथिका महिला दौडमा ७१ जनाले, ५० वर्ष माथिको पुरुष दौडमा २६ जनाले तथा फरक क्षमता भएकाहरुको बास्केट बल प्रतियोगितामा २० जना खेलाडीले भाग लिएका छन् ।
वडाको युवा लक्षित कार्यक्रम अन्र्तगत बृहत खेलकुद महोत्सव आयोजना गरिएको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए । ‘स्वस्थ्य समाज निर्माण र आपसमा भाइचारा सम्बन्ध प्रगाढ पार्न यो प्रतियोगिता आयोजना गरिएको हो’ भण्डारीले भने ।
यो कार्यक्रमलाई वडाको वार्षिक कार्यक्रममा राखेर वर्षेनी सञ्चालन गरिने उनको भनाई छ । पुष ३० गते सम्म यो प्रतियोगिता सञ्चालन हुने आयोजक वडा समितिले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







