सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश, भोलि कारागारमुक्त हुँदै


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७९ मा प्रकाशित




पुस २८ काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछाने धरौटीमा रिहा भएपनि विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछाने भोलिमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका थिए । तर सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।