नेपाली कांग्रेस गण्डकीले विश्वासको मत बारे भोलि निर्णय गर्ने


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७९ मा प्रकाशित




पुस २८ पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका पदाधिकारीको वैठक आज सम्पन्न भएको छ । उक्त वैठकबाट विविध निर्णयहरु भएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा भएको वैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता तथा गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्रराज पाण्डेलगायत अन्य प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

वैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने सम्बन्धमा विशेष छलफल भएको र उक्त छलफलबाट पुष २९ गते नेपाली कागे्रस गण्डकी प्रदेश संसदीय दलको वैठकमा महामन्त्रीले पार्टीको आधिकारीक धारणा दिने प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले जानकारी गराए ।

साथै नेपाली कांग्रेसको तर्फबाट संघ तथा प्रदेश निर्वाचनमा विजयी भएका संघीय सांसद र प्रदेश सांसदहरुलाई यही माघ ३ गते भेटघाट तथा शुभकामना प्रदान गर्ने कार्यक्रम रहेको प्रवक्ता बास्तोलाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।