फाइल तस्विर
पोखरा, माघ १
पोखरामा दुर्घटनामा परेको जहाज सेतीको खोंचमा खसेको छ । काठमाडौंबाट पोखरा आइरहेको यती एयरलाईन्सको ढल् ब्ल्ऋ ब्त्च्–ठद्द जहाज पोखराको पुरानो विमानस्थलको पूर्वपट्टीको भागमा रहेको सेती खोंचमा खसेको हो ।
पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजमा समस्या आएपछि जहाज दुर्घटनामा परेको थियो । जहाज पुरानो विमानस्थल र सीताराम केसी ग्रुपले निर्माण गरेको हाउजिङको बिचमा रहेको सेती खोंचमा खसेको अवस्थामा भेटिएको हो ।
खोंचमा खसेकाले उद्धारमा कठिनाई भएको छ । खसेलगत्तै प्रहरी पुगेर उद्धार गरिरहेको छ । तर पर्याप्त जनशक्ति लगेर उद्धार गर्न नसकिएको हो । त्यस्तै, दुर्घटनास्थल खोंचमा भएकाले दमकल पुग्न नसक्दा आगो नियन्त्रणमा ल्याउनपनि कठिनाई भएको छ । जसका कारण विहान १०ः३० बजे दुर्घटना भएपनि अहिलेसम्मपनि आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । कास्कीका निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले भौगोलिक कठिनाईका कारण उद्धारमा समस्या भएको जानकारी दिए । उनले भने,‘हामी जतिसक्दो छिटो उद्धारको प्रयास गरिरहेका छौं । तर भौगोलिक कठिनाईका कारण समस्या भईरहेको छ ।’
पोखराको मध्यभागमै जहाज दुर्घटनामा परेपछि दुर्घटना स्थल वरपर भीड जम्मा भएको छ । जसका कारणपनि उद्धारमा बाधा पुगेको प्रवक्ता खड्काले बताए । उनले भने,‘हजारौंको भीड छ । भीडका कारण एम्बुलेन्स र दमकल लैजानसमेत बाधा पुग्दा उद्धारमा समस्या भएको छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







