विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

- दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच समिति गठन


     एभरेस्ट आवाज    
     माघ १ गते २०७९ मा प्रकाशित




पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यस्तै दुर्घटनाका प्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले दिवङ्गतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस घटनाको कारण जाँच गर्नका लागि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर घटनाको बारेमा जानकारी लिएका थिए। उनले राज्यको सबै शक्ति लगाएर भए पनि उद्धारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्षलाई निर्देशन पनि दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।