फाइल तस्विर
पोखरा, माघ १
पोखरामा आईतबार भएको जहाज दुर्घटनामा ६८ जनाको मृत्यू भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ढल्–ब्ल्ऋ कलसाईन भएको यति एयरलाईन्सको एटिआर–७२ जहाज पोखराको सेतीनदी खोंचमा दुर्घटनाग्रस्त हुँदा उनीहरुको मृत्यू भएको कास्की प्रहरीले जनाएकोछ । ७२ जनामध्ये ४ जनाको अवस्था पत्ता लाग्न नसकेको प्रहरीको भनाई छ ।
काठमाडौंबाट पूर्वाह्न १०ः३३ बजे उडेको जहाज १० बजेर ५८ मिनेटमा दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा परेको विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । मृत्यू हुनेमा ३७ जना पुरुष, २५ जना महिला, ३ जना बालक र ३ जना शिशु छन् । मृतक मध्ये ५२ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ । बाँकी १६ जनाको शव संकलन गरेर क्रेनमार्फत नदीबाहिर निकाल्ने प्रयास जारी रहेको कास्कीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
जहाजमा ५३ जना नेपाली नागरिक रहेको र बाँकी १५ जना विदेशी नागरिक रहेको बताइएको छ । विमानमा ५ भारतीय, ४ रसियन, २ कोरियन तथा आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक–एक जना नागरिक रहेको प्राधिकरणले जनाएको छ । विमानमा रहेका नेपाली यात्रुहरुमा किसन आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ रहेका छन्।
त्यस्तै, स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्की गुरुङ, शिवकुमार गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले रहेका छन् ।
त्यसैगरी जहाजमा सीताकुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अभिषेक कुश्वाहा, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना सवार दिए ।

यसैगरी, विमानमा सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा.सोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना सवार थिए ।
यति एयरलाईन्सका अनुसार विमानमा सवार विदेशी नागरिकमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे रहेका थिए ।

साथै शिशुहरुमा कृषि परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा रहेका थिए भने बाँकी दुईजना शिशुहरुको पहिचान हुन बाँकी रहेको यती एयरलाईन्सले जनाएको छ ।
दुर्घटनापछि उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै स्थानिय खटिएका थिए । दुर्घटना भएलगत्तैदेखि उद्दारमा खटिएपनि साँझसम्मपनि उद्दारको काम सकिएको छैन । चारजना अझै वेपत्ता भएकाले उनीहरुको खोजीका लागि गोताखोर टोलीपनि परिचालन गरिएको छ । उद्दार गरिएका शवहरुको संकलनका लागि क्रेनको प्रयोग गरिएको छ ।

११ वटा शवको पहिचान
मृतकमध्ये ११ वटा शवको पहिचान भएको छ । आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये १ विदेशीसहित ११ जनाको सनाखत भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ ।
पहिचान भएका शवहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल रहेका छन् । त्यस्तै, अरुण पौडेल, अदाकत अलिमिया, प्रसिद्धी पौडेल, लक्ष्मी पौडेल, पूर्णकुमार गुरुङकोपनि शवको पहिचान भएको अस्पतालले जनाएको छ । यसैगरी कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।
रवीन थापा : प्रत्यक्षदर्शी/उद्दारकर्ता
हामी तीन जना साथी दुर्घटना स्थल नजिकैको तीनकुने चोकमा चिया पिएर बसिरहेका थियौं । त्यहि क्रममा आकाशमा एउटा जहाज हुत्तिदै सेती खोंचमा खसेको देख्यौं । नजिकै भएकाले हामी तीनै जना दौडिदै दुर्घटना स्थल पुग्दा दुर्घटना स्थल भन्दा करीब २५ मिटर माथि ढिस्कोमा २ जनाको शव छटपटाउँदै गरेको अवस्थामा भेट्यौं । उनीहरुलाई हामीले उद्धार गरेर हस्पिटल पठायौं तर पछि उनीहरुको मृत्यू भयो । दुर्घटना स्थलमा प्रहरी करीब आधा घण्टापछि मात्रै आईपुगे । उद्धारमा ढिलाई हुँदापनि क्षेति बढी भएको हो किजस्तो लाग्छ मलाई ।
तोरणबहादुर बानिया : उद्धारमा सहभागि, वडाध्यक्षःपोखरा–१५
घटना भएको ७÷८ मिनेटमा दुर्घटना स्थल पुगेको थिएँ । जाँदा स्थानिय १५÷२० जनाले उद्दार गरिरहेका थिए । जहाजमा एकदमै ठूलो आगो लागिरहेको थियो र धुवाँको ठूलो मुश्लोपनि निस्किरहेको थियो । अरुहरुजस्तै हामीपनि उद्धारमा खटियौं । त्यहाँ हामीले जहाजबाट उछिट्टिएका दुई जनालाई जिवितै भेट्टायौं । भेटिएका मध्ये एक जनाको दाहिने कानसहितको भाग थिएन भने कम्मर मुनिको भागपनि च्यातिएको थियो । अर्को एक जना भने छटपटाईरहेका थिए । तर दुबै जना होसमै थिए । बोलाउँदा आँखा खोल्ने तथा केहि बोल्न खोजेजस्तो गरिरहेका थिए । उनीहरुलाई हामीले पानी खुवायौं र तत्काल एम्वुलेन्स बोलाएर अस्पताल पठायौं । त्यस क्रममा थप ५ जनाको शवपनि हामीले नै भेट्टाएर अस्पताल पठायौं ।
हामी पुगेको १५÷२० मिनेटपछि दमकल र सुरक्षाकर्मीहरु आए र उद्धारमा खटिए । सेती खोंच, धर्ती फाटेको तथा अप्ठ्यारो बाटो भएकालेपनि होला उनीहरु केहि ढिला आईपुगेका । सुगम ठाउँमा भएको भए केहिको उद्दार गर्न सकिन्थ्यो किजस्तो लाग्छ ।
विमल तिवारी : प्रत्यक्षदर्शी/सञ्चारकर्मी
म र मेरो एक जना साथी ढुंगेसाँघु मेलाको समाचार रिपोर्टिङ गर्न गइरहेका थियौं । त्यहिबेला एउटा जहाज हाम्रै आँखा अगाडि ढल्किएको अवस्थामा हुत्तिदै उडिरहेको देख्यौं । सेती खोंच नजिकै भएकाले अब पक्का जहाज खस्छ भन्ने अनुमान लगायौं । नभन्दै केहि सेकेण्डमै जहाज सेती खोंचमा बजारियो । तत्काल दौडिदै पुग्दा आगो दन्किरहेको थियो । कोहि उद्धारमा खटिरहेका थिए । भौगोलिक जटिलताका कारण भएर होला सुरक्षाकर्मी भने केहि ढिलागरी आईपुगे । मैले यसअघि कहिल्यै जहाज ढल्किएको देखेको थिईनँ । जहाजको ढल्काई देख्ने वित्तिकै हामीले यो जहाज दुर्घटनामा प¥यो भन्ने अड्कल लगार्ईसकेका थियौं । किनकी जहाजले व्यालेन्स गुमाईसकेको थियो । नजिकै धावन मार्गपनि नभएकाले बस्ती जोगाउनका लागि पाईलटले सेती खोंचमा खसाको हो किजस्तोपनि लाग्छ । तर यसै भन्न सकिएन ।
सीता परियार : स्थानिय/प्रत्यक्षदर्शी
बच्चाहरुसँगै म आगनमा बसिरहेको थिएँ । एउटा जहाज ढलपल ढलपल गर्दै आईरहेको थियो । मैले यसअघि कहिल्यै यसरी जहाज ढलपल ढलपल गरेको देखेको थिईनँ । मन आत्तियो,‘कतै जहाज घरमाथि खस्ने त होईनजस्तोपनि लाग्यो र आत्तिदै चिच्याएँ ।’ पछि खानाको आगो र बिजुलीवत्ती निभाउन भित्र पस्दै थिएँ,‘जहाज ठोक्किएको आवाज आयो र घर थर्किएको ठूलो आवाज आयो । सँधै आउने जहाज उड्दा घुँऽऽऽऽ गरेको आवाज आउँथ्यो तर आईतबार दुर्घटनामा परेको जहाजको आवाज थिएन । जहाज उड्दा आवाज नआएकाले ईञ्जिन चलेको थिएन होलाजस्तो लाग्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







