काठमाण्डौं । दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९एन–एएनसी एटिआर–७२ जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







