विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको शव आफन्तलाई बुझाईंदै


     एभरेस्ट आवाज    
     माघ २ गते २०७९ मा प्रकाशित




पोखरा, माघ २

पोखरामा आईतबार भएको विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको शव आज आफन्तलाई बुझाईंदै छ । काठमाडौंबाट पोखरा आएको यती एयरलाईन्सको एटिआर विमान ढल्(ब्ल्ऋ कलसाईन भएको जहाज दुर्घटना हुँदा ६८ जनाको मृत्यू भएको थियो । चालक दलका ४ जनासहित ७२ जना सवार सो जहाजमा रहेका ४ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी जारी छ ।

मृत्यू भएकामध्ये २६ जनाको शव पहिचान भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । अस्पतालका अनुसार पोखराका ११ जनाको सनाखत भएको छ भने पर्वतका ५ जनाकोपनि सनाखत भएको अस्पतालले बताएको छ । पोखराका सनताख हुनेहरुमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई हाज काठमाडौं बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पोखरा २२ का रक्की गुरुङ, पोखरा ८ की एस्मिन गुरुङ, पोखरा बुद्धचोकका पूजन राना र पोखरा छोरेपाटनकी जीवनकला गुरुङ रहेका छन् ।

त्यस्तै, पर्वतका सनाखत हुनेहरुमा कुश्मा–१ का १० वर्षका रियान पौडेल, पर्वत कुश्मा–९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षीय विजयकुमार गुरुङ, सोही ठाउँकी रचना काफ्ले पौडेल रहेका छन् ।

यसैगरी, रुपन्देही शंकर ८ का डा. गणेश थापा, काठमांडौंकी नतु परियार, रीता परियार, हरि परियार, बुटवल मुर्गिया घर भएकी एअर होस्टेस सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको अस्पतालले जनाएको छ ।

सनाखत भएकाहरुको आज आफन्तलाई शव हस्तान्तरण गरिने कास्की प्रहरीले जनाएको छ । सनाखत हुन नसकेकाहरुको शव पहिचानका लागि डिएनए परीक्षण गर्न काठमाडौं पठाईनेपनि कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।