फाइल तस्विर
पोखरा, माघ ३
पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका थप एक जनाको शव भेटिएको छ । काठमाडौंबाट पोखरा आएको ढल्(ब्ल्ऋ कलसाईन भएको यती एयरलाईन्सको एटिआर जहाज पोखराको सेती खोंचमा दुर्घटना हुँदा ज्यान गुमाएका थप एक जनाको शव मंगलबार भेटिएको हो । योसँगै विमान दुर्घटनामा ज्यान गुमाएका ७१ जनाको शव भेटिएको छ । ७२ जना सवार सो विमानमा रहेका थप १ जनाको भने शव फेला पार्न बाँकी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
विमान दुर्घटनामा परेर बेपत्ता भएकाहरुको मंगलबार विहानैदेखि खोजी जारी राखिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गोताखोरको टोलीले दुर्घटना स्थल वरपर केन्द्रीत गरेर चार वटा ड्रोनकोसमेत सहायता लिएर मंगलबार खोजि गर्ने क्रममा थप एक जनाको शव भेटिएको प्रजिअ केसीले बताए । सेती नदीको पानी घटाएर खोज्ने क्रममा मंगलबार दिउँसो एक जना महिलाको भेटिएको उनको भनाई छ । महिलाको शव घटनास्थल भन्दा करीब तीन सय मिटर तल भेटिएको उनले बताए । ‘सेतीको पानी घटाएर खोजी शुरु गर्दा त्यसको परिणाम स्वरुप उपलब्धी हात प¥यो । हामीले सोंचेजस्तै शव भेट्टाउन सफल भयौं, अब अर्को शवपनि फेला पर्ने विश्वास लिएका छौं’–उनले भने । उनले भीरमा अड्किएकाले महिलाको शव निकाल्न निकै हम्मेहम्मे परेको बताए ।
मंगलबार दिउँसो नै अर्को एक जनाको हात र खुट्टा भेटिएपनि त्यो कसको हो भन्ने पहिचान भईसकेको छैन । प्रजिअ केसीले भने,‘मंगलबार एक जना महिलाको शव भेटियो । तर अर्को एक जनाको हात खुट्टा भेटिएपनि यसअघि भेटिएका शवहरुकै हात खुट्टा हो वा बेपत्ता भएका व्यक्तिको हो भन्ने यकिन भएन ।’ उनले यसबारे डिएनए परीक्षणपछि मात्रै खुल्ने बताए । ‘दुर्घटनामा ज्यान गुमाएका सबैको शव भेटियो भन्ने अवस्थामा छैनौं हामी । अहिलेलाई अझै एक जना बेपत्ता नै भन्नुपर्छ । बेपत्ताको खोजी जारी राख्छौं । खोज्दाखोज्दैपनि भेटिएन भने हात खुट्टामात्र भेटिएकाकोपनि डिएनए परीक्षण गर्छौं । त्यतिबेला पुष्टि भयो भनेमात्र सबै जनाको शव भेटिएको भन्न सकिन्छ’–उनले भने ।
मंगलबार भेटिएको शव भने सनाखत हुन सकेको छैन । शव संकलन गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको उनले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







