पोखरामा भएको 9N-ANC कलसाईन भएको यती एयरलाईन्सको एटिआर विमान दुर्घटनाबाट प्रभावित परिवारहरुको भेलाले यती एयरलाईन्स दुर्घटना प्रभावित नागरिक समिति गठन गरेको छ । पोखरामा बुधबार भएको भेलाले बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीको संयोजकत्वमा यती एयरलाईन्स दुर्घटना प्रभावित नागरिक समिति गठन गरेको हो ।
समितिको सह संयोजक, पदाधिकारी तथा सदस्यहरु पछि चयन गरिने जनाइएको छ । भेलाले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख संरक्षक तथा पोखरा महानगरापलिकाका प्रमुख, गण्डकी प्रदेश सभा सदस्यहरु, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, यती एयरलाईन्सक कम्पनी, जिल्ला समन्वय समिति कास्कीका प्रमुख, कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सल्लाहकार राख्ने निर्णय गरेको संयोजक पराजुलीले जानकारी दिए ।
भेलाले विमान दुर्घटनाको निस्पक्ष छानविन गर्न सरकारलाई अनुरोध गरेको छ । त्यसका लागि समितिले सघाउने निर्णय गरेको संयोजक पराजुलीले बताए । समितिले मृतकका परिवारलाई उचित क्षतिपुर्ति प्रदान गर्न सरकारलाई आग्रह गरेको छ । त्यसका लागिपनि समिति भूमिका खेल्ने निर्णय गरेको उनको भनाई छ ।
समितिले मृतक यात्रीहरुको समाज र संस्कृति अनुसारको स्वस्तिशान्ति, पाठपुजा, प्रार्थना गर्ने जनाएको छ । त्यसका लागि माघ १३ गते शान्तिदीप प्रज्ज्वलन र स्वस्तिशान्ति कार्य गर्ने संयोजक पराजुलीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







