माघ ५ बाग्लुङ । बाग्लुङको निसीखोला गाउँपालिकास्थित निसी प्रहरीचौकीका नव आगान्तुक प्रमुख प्रहरी सहायक निरीक्षक (असई) भोजकुमार गुरुङलाई स्वागत गरिएको छ ।
यस अघि बाग्लुङकै बिहुस्थित प्रहरीचौकीमा कार्यरत गुरुङलाई बिहीबार एक कार्यक्रमका विच निसीखोला गाउँपालिका वडा नं ५ का वडाध्यक्ष हर्कमन घर्तिमगर, वडा सदस्य भरतसिंह सुनार, ताराबहादुर विक, तथा प्रहरीचौकीमा कार्यरत प्रहरी कर्मचारीले स्वागत गरेका हुन् ।
चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक लिलामणी उपाध्यायको बिहुँमा सरुवा भएपछि गुरुङ उनको ठाउँमा कमाण्ड सम्हाल्ने गरि निसीखोला पुगेका हुन् । सोही कार्यक्रममा सरुवा भएर जान लागेका उपाध्यायलाई विदाई गरिएको थियो ।
चौकीमा ६ जना प्रहरी कर्मचारी कार्यरत रहेका छन् भने उनीहरुले पालिकाको वडा नम्वर ५ र ६ मा शान्ति सुरक्षा प्रदान गर्दै आइरहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







