सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक गई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उनी स्मारकस्थलमा गएका थिए ।

सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारणसमेत गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।