उपसभामुखमा गठबन्धनबाट रास्वपाकी इन्दिरा राना मगरको उम्मेद्वारी दर्ता


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७९ मा प्रकाशित




माघ ६ काठमाण्डौं । प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उम्मेद्वारी दर्ता गरेकी छन् ।

उम्मेद्वारी दर्ता गराएकी मगरको रास्वपा सांसद सोविता गौतम प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देन समर्थन गरेका छन् ।

मगरलाई आज बिहान बसेको रास्वपा संसदीय दलको बैठकले उपसभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।

उपसभामुखकी उम्मेदवार इन्दिरा राना मगरले आम नागरिकका पक्षमा हुने काममा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता जनाइन् ।
संसद भवन सिंहदरबारमा उपसभामुखको उम्मेदवारी दर्ता गराएपछि पत्रकारसित कुरा गर्दै उनले आफ्नो पार्टी र सत्ता गठबन्धनका दलले आफूलाई यो जिम्मेवारी दिन लागेको बताएकी हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।