पोखरा लेडी जेसीजद्वारा विन्दाबासिनी प्राविमा शैक्षिक सामाग्री वितरण


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७९ मा प्रकाशित




माघ ६ पोखरा । पोखरा लेडी जेसीजले कास्कीको मादी गाउँपालिका– ३ स्थित विन्दाबासिनी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

संस्थाले शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उक्त सामाग्री वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर रानाभाटले विद्यालयकी छात्रा प्रतिक्षा वि.क.लाई स्टेस्नरी समाग्री वितरण गर्दै कार्यक्रमको उद्घाटन गरे ।

उनले संस्थाले आफ्नो विद्यालयलाई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरुको पठनपाठनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

संस्थाले ‘दिगो विकासको लागि असल नेतृत्व’ भन्ने उद्घोषलाई सार्थकता दिन सामाजिक उत्तरदायित्व अन्र्तगत कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक रेजिना कटुवालले जानकारी दिइन् । सो अवसरमा विद्यार्थीहलाई आवश्यक पर्ने झोला, कापी, कलम लगायत स्टेस्नरी सामाग्री वितरण गरिएको संयोजक कटुवालले बताइन् ।

संस्थाका अध्यक्ष लक्ष्मी कुँवर थापाको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राधा कुमारी सापकोटा, लायन्स क्लब अफ गण्डकी दोभानकी अध्यक्ष नानुमाया तिमिल्सिना, संस्थाका निबर्तमान अध्यक्ष लक्ष्मी अधिकारी, कार्यक्रम संयोजक रेजिना कुटवाल, सदस्य सरस्वती थापा, अनिता थापा खड्का लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।