नेपाल बैंक कर्मचारी संघको प्रादेशिक भेला सम्पन्न


     एभरेस्ट आवाज    
     माघ ८ गते २०७९ मा प्रकाशित




माघ ८ पोखरा । नेपाल बैंक कर्मचारी संघको प्रादेशिक भेला पोखरामा सम्पन्न भएको छ । भेलाको नेपाल बैंक कर्मचारी संघका केन्द्रिय अध्यक्ष नवराज लम्सालले उद्घाटन गरे ।कार्यक्रमको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष लम्सालले बैंकको हितलाई सर्वोपरि राख्दै काममा लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रह गरे । उनले बैंकलेपनि सबै कर्मचारीहरुको हक हितका लागि ट्रेड यूनियनसँग हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कर्मचारी संघ प्रधान कार्यालय कमिटीका अध्यक्ष सुदिप पन्त, गण्डकी प्रदेश कमिटीका अध्यक्ष ध्रुब पौडेलले बैंकको उद्देश्य र लक्ष्य प्राप्तीमा अनुशाशित भएर लाग्न सबैलाई आग्रह गरे । उनीहरुले ट्रेड यूनियनले प्रदत्त कर्मचारीहरुका अधिकार प्राप्तीका लागि आवाज उठाउन पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल बैंक कर्मचारी संघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष ध्रुब पौडेलको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सञ्चालन अमृत सुवेदीले गरेका थिए ।

भेलामा नेपाल बैंक कर्मचारी संघका कमिटी, प्रदेश कमिटी, विभिन्न जिल्लाका पदाधिकारी तथा गण्डकी प्रदेश अन्र्तगत बैंकका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बाक्लो संख्यामा उपस्थिती रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।