मादीका बेदबहादुर गुरुङ बने मन्त्री


     एभरेस्ट आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित




कास्कीको मादी गाउँपालिकाका बेदबहादुर गुरुङ (श्याम) मन्त्री बनेका छन् । कास्की क्षेत्र नम्बर १ को (२)बाट निर्वाचित गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका हुन् । उनलाई मुख्यमन्त्री खगराज अधिकारीले कृषि तथा जलश्रोत मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

नवनियुक्त मन्त्री गुरुङले मंगलबार साँझ सपथ लिएका छन् । उनले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष सपथ लिएका हुन् ।

मुख्यमन्त्री अधिकारी निकट गुरुङ मादी गाउँपालिकाका पूर्व प्रमुख हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।