‘नेबिको मह’ बजारमा


     एभरेस्ट आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित




पोखरा । नेबिको प्रा.लिले ‘नेबिको मह’ बजारमा सार्वजनिक गरेको छ । करिव ५६ वर्षदेखि आफ्ना उत्पादनहरु मार्फत उपभोक्ताहरुमाझ लोकप्रिय नेबिको प्रा.लि. ले हालै बजारमा ‘नेबिको मह’ सार्वजनिक गरेको हो ।

एक केजी, पाँच सय ग्राम र दुई सय पचास ग्राममा उपलब्ध मह आर्कषक प्याकेजमा सार्वजनिक गरिएको छ । मह उपभोक्ताको स्वास्थ्य र गुणस्तर दुबैलाई ध्यानमा राख्दै सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सार्वजनिक मह एक केजीको ७५०, पाँच सय ग्रामको ४०० दुई सय पचास ग्रामको २२५ रुपैयाँमा खरिद गर्न सकिने जनाइएको छ ।

नेबिको प्रा.लि. नेपालको पहिलो बिस्कुट उत्पाक कम्पनी हो । कम्पनीले बिस्कुट , कन्फेक्सनरी बाहेक अन्य थुप्रै उत्पादनहरु बजारमा उपलब्ध छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।