कांग्रेस बैठक विशेष कारणवस स्थगित


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७९ मा प्रकाशित




नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिए।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएसँगै केन्द्रीय कार्यसमितिको बैठक माग गरिएको थियो । त्यससँगै आगामी राष्ट्रपति निर्वाचनको तयारीका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले माघ १५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए ।

निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।