पोखरामा पनि ७४औँ भारतीय गणतन्त्र दिवस मनाइयो


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७९ मा प्रकाशित




पोखरा । बिहिवार २६ जनवरी । ७४ औं भारतीय गणतन्त्र दिवस । भारतीय राजदूतावास पेन्सन बितरण कार्यालय (पेन्सन क्याम्प) पोखरामा बिहिवार गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
क्याम्पमा नव आगन्तुक प्रमुख ले.क.प्रशान्तसिंह बघेलले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली सेनाका पश्चिम पृतनापति उपरथि दिपककुमार बांनियाले २६ जनवरी गणतन्त्र दिवस भारतीय सेनाको त्याग र योगदानको स्मरण गराउने दिन भएको बताए । उनले नेपाली सेना र भारतीय सेनाको बेला बेलामा संयुक्त अभ्यासको नाममा गरिने सहकार्य एकले अर्कालाई चिन्न चिनाउन कोशेढुंगा भएको स्मरण गरे ।
कार्यक्रममा प्रमुख अतिथि उपरथि बांनिया र क्याम्प प्रमुख बघेलले भारतीय सेनामा कार्यरत रहेकै बेला वीरगति प्राप्त गरेका सेनाका छोराछोरी सुमित कार्कीलाई ६६ हजार ६६६ रुपैया, योगेन्द्र थापालाई १ लाख ९४ हजार ५८८ रुपैया, मिनु थापालाई ३ लाख ३० हजार ९३९ रुपैया, शिरमाया गुरुड.लाई २ लाख ९१ हजार १०० रुपैया, संजय गुरुड।लाई ५५ हजार ६१९ रमपैया, समिर/अर्चना श्रेष्ठलाई ८७ हजार ४४० रुपैया,मानबहादुर थापालाई २ लाख ७० हजार ९८८ रुपैया, र सगुन तिलिजा पुनलाई २ लाख ८९ हजार २७३ रुपैया शिक्षा सहायता रकम हस्तान्तरण गरिएको थियो ।


कार्यक्रममा पेन्सन क्याम्प पोखराका कर्मचारी इश्वर पुनलाई “बेस्ट इम्प्लोयी अफ दि इयर”बाट पुरस्कृत गरिएको थियो । दूतावासले पोखरामा बसोबास गरिरहेका भूतपूर्व सैनिकका लागि भारत सरकारको कल्याणकारी पहल समावेश गरिएको भूपू–२०२२ पत्रिकाको पनि लोकार्पण गरेको कार्यक्रममा भारतीय मैत्री विद्यालय पोखराका विद्यार्थीले रमाइलो सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।