फिष्टेल एकेडेमीले सृजनात्मक एवम गुणस्तरीय शिक्षामा जोड दिएको: सरुभक्त श्रेष्ठ


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७९ मा प्रकाशित




पोखरा । साहित्यकार एवम् नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति सरुभक्त श्रेष्ठले फिस्टेल एकेडेमीले सृजनात्मक एवम गुणस्तरीय जोड दिदै गएको बताएका छन् ।

एकेडेमीले सरस्वति पुजाको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार सरुभक्तले मानव केन्द्रित चाहाना विद्याबाट प्राप्त हुने भएकाले सृजनात्मक रुपले सुविचार र चिन्तन प्रक्षेपण गर्नु अहिलेको आवश्यकता भएको बताए ।

पठन संस्कृतिको विकासमा जोड दिएर बौद्धिक ज्ञान आर्जन गर्न सकिने जनाउँदै फिस्टेलका विद्यार्थीले बुक क्लब गठन गरेर पुस्तक प्रदर्शनी गर्नु निकै सकारात्मक भएको धारणा राखे । सो अवसरमा श्रेष्ठले आफ्नो बालबालिका केन्द्रित पुस्तकहरु छिट्टै आउन लागेको पनि जानकारी दिए ।

कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुरा पौडेलले फिस्टेल एकेडेमिले शैक्षिक र अतिरिक्त क्रियाकलापमा खेलेको भुमिका निकै प्रशंसनीय रहेको जनाउँदै शैक्षिक गुणस्तरका लागि आवश्यक पुर्वाधाारमा फिस्टेल अग्रस्थानमा रहेको बताए ।

विद्यालयका संस्थापक सञ्चालक चिनु रानाभाटले विद्यालयले गुुणस्तरीय शिक्षाका लागि आवश्यक सम्पूर्ण पूर्वाधार सहित सृजनात्मक तवरले आधुनिक शिक्षा प्रणालीलाइ अवलम्बन गरेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले पोखराको फिस्टेल एकेडेमिले गुणस्तरीय शिक्षाका लागि काठमाडौं लगायत विदेशका विद्यालय खोजेर जाने सोचलाई बदल्न सफल भएको बताए ।

कक्षा १२ का विद्यार्थी प्राप्ति लम्सालले सरुभक्तलाई पहिलो पल्ट भेट्दाकोे अनुभव शेयर गर्दै विद्यार्थीको लागि सरुभक्त प्रेरणाको स्रोत भएको बताए ।

सो अवसरमा विद्यालयले आयोजना गरेको खुला विद्यालय स्तरीय कविता प्रतियोगिताबाट उत्कृष्ट ५ मा पर्न सफल भानुभक्त आ. मा.वि. अन्जना सुवेदी, सैनिक आवसीय मा.वि पोखराका प्रवीण ढकाल(कक्षा १२),श्री त्रिभुवन शान्ति नमुना मा.वि रश्मी गौतम (११), कुमुदिनी होम्स पोखरा रिया श्रेष्ठ (१२), अञ्जुली आ.मा.वि. पोखरा सन्तोषी ढकाल (१०)ले आफ्नो उत्कृष्ट कविता प्रस्तुत गर्नुभएको थियो भने उनीहरुलाई प्रमुख अतिथि र विद्यालय सञ्चालक चिनु रानाभाटले नगद र प्रमाणपत्र प्रदान गरेका थिए । निर्णायकको भुमिका साहित्यिक व्यत्तित्व शिव संकल्प, गोपाल खनाल, प्रकाश अधिकारी गरेका थिए ।

सो अवसरमा विद्यालयमा विद्यार्थीहरुले विभिन्न नृत्य तथा गायनकला प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक दिनकर नेपाल, विद्यालय संयोजक गिताञ्जली राठौरले विद्यालयका शैक्षिक एवम् अतिरिक्त क्रियाकलापको बारेमा जानकारी गराएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।